
काठमाडौं । चेन्नाई सुपर किङ्स र लखनउ सुपर जायन्ट्स इण्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटको प्ले अफमा छनौट भएका छन् ।
शनिबार भएको खेलमा कोलकातालाई एक रनले हराउँदै लखनउ तथा दिल्लीलाई ७७ रनले हराउँदै चेन्नाईले प्ले अफमा स्थान पक्का गरेका हुन् ।
आइपिएल क्रिकेटमा अब समुह चरणका दुई वटा खेल मात्रै बाँकी छ । अहिलेसम्म १३ खेलबाट १८ अंक जोडेको साविक विजेता गुजरात टाइटान्स शिर्ष स्थानमा रहँदा १४ खेलबाट १७ अंक जोडेको चेन्नाईले दोस्रो स्थान पक्का गरेको छ ।
गुजरात र चेन्नाईले फाइनल प्रवेशको लागि पहिलो क्वालीफायरमा प्रतिस्पर्धा गर्नेछन् । चेन्नाईसँग समान १७ अंक भएपनि रनरेटको आधारमा लखनउ तेस्रो स्थानमा सेमिटएको छ । चौथो स्थानको बैंग्लोर, पाँचौ स्थानको राजस्थान र छैटौं स्थानको मुम्बईको समान १४ अंक छ ।
बैंग्लोरले आइतबार हुने गुजरात विरुद्धको खेल जितेको खण्डमा प्ले अफ्मा पुग्नेछ । बैंग्लोर हारेको अवस्थामा भने राजस्थान र मुम्बईएमध्ये एक टोली प्ले अफ्मा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्