
काठमाडौं । दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका छन् ।
यही जेठ ५ गते दिउँसो तीन बजे बुढा मगरको टोली सगरमाथाको शिखरमा पुगेको हो ।
शिखरमा पुगेसँगै उनले दुवै खुट्टा नभएकाले सगरमाथाको सफल आरोहण गरेको विश्व रेकर्ड पनि बनाएका छन् ।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनाको तर्फबाट अफगानिस्तानमा खटिएको बेला सन् २०१० मा विष्फोटमा परी दुवै खुट्टा गुमाएका थिए ।
उनले यस अघि चुलु, किलिमन्जारो, मेरापिक लगायतका हिमालको आरोहण गरिसकेका थिए ।
प्रतिक्रिया दिनुहोस्