१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै हेर्न लागियो : महालेखापरीक्षक शर्मा


351
Shares

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै लिन लागिएको बताउनुभएको छ ।

आइतबार बसेको लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षक शर्माले पछिल्लो समय कुनैपनि निकायले बेरुजु फस्र्यौट गर्नुपर्छ भन्ने भन्दा पनि लेखापरीक्षकको काम भएको भन्ने रुपमा लिन लागिएको भन्दै गुनासो गर्नुभएको हो ।

उहाँले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा बेरुजु हुन नदिने भन्दा पनि बेरुजु फस्र्यौटको विषयलाई प्राथमिकतामा लिन छोडिएको बताउनुभयो । उहाँले बेरुजु फस्र्यौटको वैज्ञानिक उपाय एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नु रहेको बताउनुभयो ।

उहाँले एकै वर्षमा फस्र्यौट नभए पनि अर्को वर्ष लेखापरीक्षण गर्दा खर्च भएको हुनुपर्ने बताउनु भयो। महालेखापरीक्षक शर्माले जनप्रतिनिधिहरुलाई बद्नाम गर्ने गरी बेरुजु देखाउन लेखापरीक्षकहरुलाई नैतिक, वैधाननिक र व्यवहारिक रुपमा पनि नदिने बताउनुभयो । उहाँले लेखापरीक्षकहरुले अहिलेसम्म त्यस्तो काम नगरेको बताउनुभयो । उहाँले जिम्मेवार व्यक्तिले मेरो लेखापरीक्षकले यस्तो ग¥यो भनेर राजनीतिक तहले बढवा दिने भन्दा पनि त्यस्तो कामको निषेध गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले सार्वजनिक संस्थानहरुमा राजनीतिक नियुक्तहरु गर्दा विगतको कार्यसम्पादन हेरेर गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक नियुक्तहरुमा तुलना गरेर बेरुजु बढी राख्ने र आर्थिक हिनामिना गर्नेहरुलाई कारबाही गर्न आवश्यक रहेको पनि बताउनुभयो ।