९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भद्रपुर विमानस्थलबाट ब्राउनसुगरसहित एक महिला पक्राउ


1.872k
Shares

काठमाडौं । नेपाल प्रहरीले भद्रपुर विमानस्थलबाट एक महिलालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौंको नारायणथान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेकी छन् ।

शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका–९ मा रहेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले चेकजाँचको क्रममा महिलालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट १५ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । भद्रपुर विमानस्थलमा चेकजाँचका क्रममा फेला पारेको र बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गा प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ परेकी राईमाथि जिल्ला प्रहरी कार्यालय झापामा अनुसन्धान भईरहेको छ ।