
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसदबाट पास गर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडो भन्दा चाँडा निस्कर्षमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले चाल अधिवेशनबाट नै यससँग सम्बन्धित विषयहरु सधैँका लागि निस्कर्षमा पुर्याइने बताउनुभयो । प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा कानून तथा मानवअधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल सुरु हुने बताउनुभयो ।
प्रमुख सचेतक लेखकले सबै राजनीतिक दलहरु मिलेर देशको विकास गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्