७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन हुन्छ : गृहमन्त्री श्रेष्ठ


0
Shares

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन हुने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले शरणार्थी प्रकरणका दोषी र अपराधी कुनै पनि हालतमा नछुट्ने बताउनुभयो ।

उहाँले निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन समेत दिनुभयो ।

उहाँले भ्रष्टचारविरुद्धको अभियानलाई व्यवस्थित रुपमा अघि बढाउने सरकारको नीति रहेको बताउनुभयो ।