१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एल सल्भाडोरको रंगशालामा भागदौड हुँदा १२ जनाको मृत्यु


156
Shares

एजेन्सी । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रंगशालामा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एल सल्भाडोरको कुस्काटलाना रंगशालामा स्थानीय फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भीडमा भागदौड मच्चिएको हो ।

सयौं सुरक्षाकर्मीको तैनाथकाबीच भएको घटनामा थुप्रै घाइते भएका छन् । फुटबल खेल सुरु हुनु अघि भएको सो घटनाका क्रममा फुटबल प्रतियोगिता समेत रद्द गरिएको थियो ।

एल सल्भाडोरको लोकप्रिय फुटबल टोली अलियान्जा र एफएएसबीच फुटबल खेल हुन लागेको बेलामा भएको घटनामा रंगशाला बाहिर रहेका सर्वसाधारणमा पनि त्रास फैलिएको थियो ।

भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्‍याइएको थियाे।