
काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कप सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको यो प्रतियोगिता नेपाली टोलीले आफ्नै देशमा खेल्न लागेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो ।
लगातार दुई पटक उपाधि जितेको नेपाल यसपटक उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ । प्रतियोगिताका खेलहरु सोमबार बिहानैदेखि सुरु भएका छन् । दिउसो औपचारिक उद्घाटन भएपछि नेपालले आफ्नो पहिलो खेलमा साँढे ४ बजे किर्गीस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) मा आबद्ध १४ मध्ये दक्षिण तथा मध्य एशियाका ८ टिम सहभागि छन् । समूह ‘ए’ मा नेपाल, किर्गिस्तान, भारत र बंगलादेश छन् भने समूह ‘बी’ मा काजखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।
समूह चरणको खेलपछि हरेक समुहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतिक्रिया दिनुहोस्