
काठमाडौं । बझाङको सुर्मा गाउँपालिका– २ स्थित धानसेरीमा हिम पहिरोमा परेर बेपत्ता भएका तीन जना मध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् ।
सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामीको शव फेला परेको बझाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था अझै अज्ञात रहेको छ । हिउँ पहिरोमा परी सुर्मा गाउँपालिका–३ का ४० वर्षीय बाबाजी बोहरा र जयपृथ्वी नगरपालिका–११ का १४ वर्षीय आकाश धामी घाइते भएका छन् ।
मृत अवस्थामा फेला परेकाहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल चैनपुर ल्याईदै गरेको पनि प्रहरीले जनाएको छ ।
यार्सा टिप्न गएका उनीहरु गत आइतबार हिमपहिरोमा पुरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्