
सुनसरी । धरानबाट प्रहरीले अत्याधुनिक हतियारको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
एक थान अमेरिकी पेस्तोल र त्यसको म्याग्जिनसहित उनीहरुलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।
पक्राउ पर्नेमा धरान १० का राजेश लिम्बु र धरान ५ का कुमार भण्डारी रहेका छन् ।
केही दिनअघि पनि धरान १७ का हुकमेन जिमी, दिपक जिमी र रोहित राई दुई थान पेस्तोलसहित पक्राउ परेका थिए ।
यो समूहले भारतबाट अवैध रुपमा हतियार ल्याएर नेपालमा बेच्ने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्