
काठमाडौं । मधेश प्रदेशमा चालु आर्थिक वर्षको नौ महिनामा नक्कली नोट कारोबारका ३१ वटा घटना दर्ता भएका छन् ।
सबैभन्दा बढी रौतहटमा ११, सर्लाहीमा ६, सिरहामा ४, पर्सा र महोत्तरीमा ३–३, बारामा २ र धनुषा तथा सप्तरीमा १–१ वटा घटना रहेका छन् । ती घटनामा ३५ जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
२६ लाख ४८ हजार ४ सय रुपैयाँ नेपाली नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने मेसिन र ९९ बण्डल कागज बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
नोट कारोबारले देशको अर्थतन्त्र ध्वस्त पार्ने भएकाले अपराधको सूचना प्राप्त हुनासाथ कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्