
web pic
काठमाडौं । चालु आर्थिक वर्षको दश महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ४ अर्ब पुगेको छ ।
यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा भने कम हो । अघिल्लो वर्ष सोही समयमा मुलुकको व्यापार घाटा १४ खर्ब ३१ अर्ब पुगेको थियो ।
आयातमा कमी आएसँगै मुलुकको व्यापार घाटामा राहत मिलेको हो । चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्म गरी दश महिनाको अवधिमा कुल १३ खर्ब ३५ अर्ब रुपैयाँको आयात भएको छ ।
गत वर्षको सो अवधिमा आयात १६ खर्ब ४ अर्ब थियो । आयात १६.७८ प्रतिशत घटेको हो । दश महिनाको अवधिमा मुलुकबाट १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।
अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएको थियो ।
प्रतिक्रिया दिनुहोस्