
फाइल तस्विर
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार दिउँसो साढे २ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्