१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नीति तथा कार्यक्रममाथि प्रतिपक्षले उठाएका कुरालाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्छ : सांसद पौडेल


78
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रममाथि प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्ने बताउनुभएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्ने बताउनुभएको हो ।

ठिक आलोचनाहरुलाई सुन्ने र पूर्वाग्रह राखेका कुराहरुलाई खण्डन गर्नुपर्ने बताउनुभयो ।

सत्ता पक्षलाई प्रतिपक्षको खबरदारी आवश्यक रहेको उहाँको भनाई छ । उहाँले संसदमा केवल आलोचनाको लागि आलोचना नगरी परिणामको निम्ति बहश गर्नुपर्ने बताउनुभयो ।