११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रहरीले बुझायो झन्डै ३ हजार पेजको प्रतिवेदन

अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले पनि छानबिन गर्ने

3.094k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानवीन गरिरहेको नेपाल प्रहरीले तयार पारेको झण्डै ३ हजार पेजको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा बुझाएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने गिरोहबिरुद्ध प्रहरीले राज्य बिरुद्धको अपराध, संगठित अपराधका साथै ठगी मुद्दामा कारवाही हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

गत चैत १२ गतेबाट औपचारिक रुपमा नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा अनुसन्धान शुरु गरेको प्रहरीले आफ्नो तर्फबाट गर्नु पर्ने पहिलो चरणको अनुसन्धान पुरा गरी प्रतिवेदन बुझाएको हो ।

प्रहरीले यो प्रकरणको अनुसन्धानलाई भने खुल्ला राखेको छ । काठमाडौ प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार प्रहरीले पक्राउ परेका १६ जनाको बयानका आधारमा फरार रहेका अन्य व्यक्तिहरुमाथि थप अनुसन्धान गर्नेछ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।