२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सफा हिमाल अभियानका सरदारको निधन


871
Shares

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा चलिरहेको हिमाल सफाइ अभियानका सरदार समेत रहेका आङकाजी शेर्पाको निधन भएको छ ।

सफा हिमाल अभियान– २०२३ का सरदार शेर्पाको सगरमाथाको दोस्रो शिविरमा सोमबार अचानक निधन भएको हो ।

विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा रहेका शेर्पा अचानक बेहोस भएपछि निधन भएको जनाइएको छ । उनको शव हेलिकप्टरबाट काठमाडौं ल्याएर परिवारलाई बुझाइएको नेपाली सेनाले जनाएको छ ।

यस्तै, सफा हिमाल अभियान अन्तर्गत सगरमाथा सफाइबाट फर्कने क्रममा निधन भएका फुर्वा शेर्पाको शव पनि परिवारलाई बुझाइएको सेनाले जनाएको छ ।