
काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका हरिबहादुर बुढामगर सगरमाथाको सफल आरोहणपछि काठमाडौं फर्केका छन् ।
बिश्व रेकर्ड कायम गरेका बुढामगरको विमानस्थलमा भब्य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढामगरलाई सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती,पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित विमानस्थलमा स्वागत गरेका हुन् । यही जेठ ५ गते दिउँसो तीन बजे बुढामगरको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको थियो ।

योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बनेर विश्व किर्तिमान समेत बनाउनुभएको छ ।सगरमाथा आरोही बुढामगरको स्वागतका लागि बिमानस्थलमा उनका आफन्त,रोल्पा जिल्लाका सर्वसाधारण लगाएत अन्य ब्यक्तिहरुको घुुइचो लागेको थियो । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले अपांगता भएका ब्यक्तिले पनि सफलता हासिल गर्नसक्छ भन्ने उदाहरण पेश गरेको प्रतिक्रिया दिनुभयो ।
बुढामगरले बेलायती सेनाको तर्फबाट अफगानिस्तान युद्धमा खटिएको बेला सन् २०१० मा विष्फोटमा परि दुवै खुट्टा गुमाएका थिए । बुढामगरल यस अघि चुलु,किलिमन्जारो,मेरापिक लगायतका हिमालको आरोहण गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्