१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय गौरबका योजनाहरुलाई अगाडि बढाउनुपर्छ : सांसद पाण्डे


52
Shares

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरबका योजनाहरुलाई अगाडी बढाउनुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरबका योजनाहरुलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको हो ।

उहाँले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिनुभयो ।

त्यसैगरी काठमाडौँ हुँदै धार्के, मुग्लिन पारी भएर गैडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र सो को लागि बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले निति तथा कार्यक्रम पुर्नलेखन गर्नु नपर्ने र प्रतिपक्षको सुझावहरुलाई समेटेर जाँदा राम्रो हुने धारणा राख्नुभयो ।