८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन जेठ २३ गते हुने


78
Shares

काठमााडौं । जेठ २३ देखि २५ गतेसम्म प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलन पर्यटकीय गन्तव्यस्थल खप्तडमा हुन लागेको हो ।

यस बारेमा मंगलबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

जैविक विविधता र प्राकृतिक सौन्दर्य र आध्यात्मिक आस्थाको धरोहरका रुपमा रहेको खप्तड क्षेत्रलाई आध्यात्मिक ध्यान केन्द्रका रुपमा विकास गर्न यो सम्मेलन आयोजना गर्न लागिएको व्यवस्थापन समितिले जनाएको छ ।

सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने पनि आयोजकले बताएको छ । सम्मेलनमा उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री र प्रदेशमन्त्रीहरुको सहभागीता रहने व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताउनुभयो ।

उहाँले सम्मेलनमा करिब ५ सय बढीको उपस्थिति रहने बताउनुभयो । सम्मेलनमा योगगुरु रामदेव, जगतगुरु वालसन्त, आयुर्वेद शिरोमणि बालकृष्ण आचार्य लगायत आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने बताउनुभयो ।

सम्मेलनले नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण प्रस्थानबिन्दुको रुपमा लिएको अध्यक्ष सिंहले बताउनुभयो ।