
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ऐन, कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्धी नीतिगत वहसलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नीति बन्ने तर कार्यान्वयन नहुने कारणले आवश्यक ऐन बनाउने सवालमा पनि समस्या उत्पन्न भएको बताउनुभएको हो ।
उहाँले सरकारको नीति तथा कार्यक्रम माथि संघीय संसदमा हुने छलफल पनि कर्मकाण्डी बनेको टिप्पणी गर्नुभयो । उहाँले बजेट लेखिसकेपछि प्रि बजेटका नाममा हुने छलफलको कुनै औचित्य नरहेको र त्यसले मुलुकको समस्या समाधान पनि गर्न नसक्ने दाबी गर्नुभयो ।
अध्यक्ष तिमिल्सिना वातावरण संरक्षण गर्दे दिगो विकास लक्ष्य हासिलका लागि विद्युतीय सवारीमा विशेष छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्