
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पार्नुभएको छ ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदुतले नै देशको अफ्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताउनुभयो । उहाँले समय, परिस्थिति अनुसार छिमेकी देशहरुको भ्रमण गर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भुगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता बढी रहेको स्पष्ट भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्नेपनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्