७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कोशी प्रदेशको बजेट अधिवेशन आह्वान


117
Shares

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।

जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उहाँले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । सोमबार प्रदेश मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रदेश सरकारको सिफारिसका प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको हो । दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन गत चैत २९ गते अन्त्य भएको थियो । फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि बैठक स्थगित भएको थियो । पहिचान पक्षधरले नाम संशोधन गर्न माग गर्दै आन्दोलन सुरु गरेपछि चैत २९ गते अधिवेशन अन्त्य भएको थियो ।