८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


पाकिस्तान-नेपाल फ्रेण्डसीप पार्कको उद्घाटन


117
Shares

काठमाडौं । पाकिस्तान सरकारको सहयोगमा काठमाडौंमा पाकिस्तान–नेपाल फ्रेण्डसीप पार्कको उद्घाटन भएको छ ।

काठमाडौंको बाँसबारीमा निर्माण सम्पन्न भएको पार्कको मंगलबार एक कार्यक्रमकाबीच नेपालका लागि पाकिस्तानका राजदूत अवहर एच हासमीले उद्घाटन गर्नुभयो ।

उहाँले नवर्निमित पाकिस्तान–नेपाल फ्रेण्डसीप पार्कले दुई देशका जनताबीचको साँझा आकाक्षां र विद्यमान मित्रताको बलियो बन्धन झल्काउने विश्वास व्यक्त गर्नुभयो । नेपाल र पाकिस्तानबीच सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यटकीय विकासबीच आपसी सम्बन्ध रहँदै आएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले काठमाडौंमा रमणिय पार्कको अभाव भई रहेकोमा नवर्निमित पाकिस्तान – नेपाल फ्रेण्डसीप पार्क उदाहरण बन्ने बताउनुभयो । उहाँले पार्कको संरक्षणसँगै हरियाली कायम राखिने बताउनुभयो ।

पार्क उद्घाटन र अवलोकनमा नेपाली राष्ट्रिय टिमका पूर्वक्याप्टेन ज्ञानेन्द्र मल्ल, लाईन्स क्लब अफ काठमाडौंका अध्यक्ष अनन्त भेटवाललगायतको सहभागिता थियो ।