
काठमाडौं । साविक विजेता गुजरात टाइटान्सलाई हराउँदै चेन्नाई सुपर किङ्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिक्टको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राती आफ्नै मैदानमा भएको पहिलो क्वालिफायर खेलमा चेन्नाईले गुजरातलाई १५ रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो ।
यसका लागि रुतुराज गायकवाडले ६० रन जोड्दा गुजरातका मोहोमद शामीले २ विकेट लिए । जवाफमा १७३ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा १५७ रनमा अलआउट भयो ।
गुजरातका शुबमन गिलले ४२ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । जितसँगै चेन्नाई दशौं पटक आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । गुजरातले भने अब फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।
बुधबार हुने लखनउ सुपर जायन्ट्स र मुम्बई इण्डीयन्सबिचको विजेतासँग गुजरातले फाइनल प्रवेशको लागि खेल्नेछ ।
फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्