
काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुले पद तथा गोपनियताको सपथ गरेका हुन् । नवनियुक्त वनमन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो भने राज्यमन्त्री प्रमिला कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पल तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

दुबैजना जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मन्त्री बनेका हुन् । प्रधानमन्त्री दाहालले मंगलबार महतोलाई मन्त्री र प्रमिलालाई राज्यमन्त्रीका नियसक्त गनएुभएको थियो । जसपाबाट अशोककुमार राई यसअघि नै शिक्षा मन्त्री बनिसक्नु भएको छ । महतो र प्रमिला कुमारी मन्त्री बनेसँगै दाहाल नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्