७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


यस्तो छ आज देशभर मौसमको अवस्था


1.924k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जसको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा बिहान सामान्यदेखि पूर्णतया बदली रहने छ । त्यसैगरी दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, बिहीबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसका साथै तराईका केही स्थानमा हावा हुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।