१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटाका किसानलाई तरकारीको विऊ वितरण


117
Shares

धनकुटा । धनकुटाका किसानलाई तरकारीको विऊ वितरण गरीएको छ ।

तरकारी उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको धनकुटाको छथर गाउँपालिकाका किसानलाई तरकारीको विऊ वितरण गरीएको हो ।

जोरपाटी गाउँपालिकाले अध्यक्षँंग कृषि कार्यक्रम मार्फत किसानको मागका आधारमा किसान लाई तरकारीको विऊ वितरण गरेको हो ।

गाउँपालिकाका सबै वडाहरुमा किसानको मागका आधारमा सहकारी मार्फत किसान लाई पालिकाले साझेदारीको आधारमा आलु,प्याज, लसुन, बन्दाकोपी लगायत तरकारी वालिको विऊ वितरण गरिरहेको छथर जोरपाटीको कृषि शाखाले जनाएको छ ।

किसानले पनि पालिकाले वितरण गरेको विऊलाई व्यवस्थित तरीकाले लगाउने र उत्पादन बढाउने बताएका छन् ।