१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङमा सवारी दुर्घटना हुँदा बालकको मृत्यु


117
Shares

काठमाडौं । ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

बिहीबार बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका-६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिनुभयो ।

सवारी चालक फुङलिङ-६ का कृष्णमान गुरुङ भने घाइते भएका छन् । उहाँको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी प्रमुख गुरुङले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका अंशुमानलाई जिल्ला अस्पताल पुर्‍याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए। गाडी अनियन्त्रित भई पल्टिएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।