२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडद्धारा चेल्सी पराजित


169
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई ४–१ ले हराएको छ ।

बिहीबार राति म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन क्यासेमिरो, एन्टोनी मार्टियल, ब्रुनो फर्नान्डेज र मार्कस रास्फोर्डले एक एक गोल गरे ।

पराजित टोली चेल्सीका हुवाँ फेलिक्सले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ । लिगमा ३७ खेलबाट म्यान्चेस्टर युनाइटेडको ७२ अंक भएको छ ।

समान खेलबाट ७० अंक जोडेको न्युकासल युनाइटेड चौथो स्थानमा छ भने ६६ अंकसहित लिभपुल पाँचौ स्थानमा रहेको छ । लिग च्याम्पियन म्यान्चेस्टर सिटीको ८९ अंक रहँदा दोस्रो स्थानको आर्सनलको ८१ अंक छ ।

म्यान सिटी, आर्सनल, म्यान्चेस्टर युनाइटेड र न्युकासल युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछन् । लिभरपुल र ब्राइटन युरोपा लिगमा छनौट भएका छन् ।