
काठमाडौं । महायानी चिनियाँ बौद्ध परम्परा अनुसार तथागत सिद्धार्थ गौतम बुद्धको जन्म दिनको रुपमा शुक्रबार बुद्ध जन्म दिवस मनाइएको छ ।
महायानी चिनियाँ बौद्ध परम्परा अनुसार आजको दिनमा गौतमबुद्ध जन्म भएको मान्यता अनुसार विशेष धार्मिक पर्वको रुपमा मनाइन्छ ।
यसै अवसरमा लुम्बिनीमा रहेको चिनियाँ गुम्बामा बुद्ध जन्म पर्व भव्यरुपमा मनाइएको छ ।
गौतम बुद्धको बाल मूर्तिमा पवित्र जलले अर्चन गरेर थेरवाद, महायान र बज्रयानी परम्परा अनुसार विभिन्न बौद्ध पाठ र पूजा गरिएको थियो ।
यसअवसरमा विभिन्न देशका बौद्ध भिक्षु र अनुयायीहरुको उपस्थिति रहेको थियो ।
इसापूर्व ५६६ मा लुम्बिनी बगैंचामा मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भएको थियो ।




प्रतिक्रिया दिनुहोस्