
सप्तरी । सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।
राजविराजस्थित शिव इन्टरनेशनल बोर्डिङ सेकेण्डरी स्कुलहमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजगढ गाउँपालिका–१ झुटकी निवासी लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छोइएर घाइते भएका थिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।
हरेक शुक्रबार विद्यालयमा नियमित खेदकूद प्रतियोगिता आयोजना हुने गरेको छ । सोही क्रममा विद्यालयले नै बिजुलीको तारमा हुकिंग गर्न भनेपछि उक्त दुर्घटना भएको भन्दै विद्यार्थीहरुले छानबिन र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन समेत गरेका थिए । अहिले अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्