१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संसद बैठक सञ्चालनमा सरकारले अवरोध गर्‍यो : महेश बर्तौला


234
Shares

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको बताउनुभएको छ ।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताउनुभएको हो ।

उहाँले राज्यको सम्पत्ति कति छ भन्ने कुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पत्ति कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताउनुभयो ।

आफूहरुले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मवार नभएको उहाँको भनाई छ ।