
काठमाडौं । प्रतिनिधि सभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।
शुक्रबार साँझ ६ बजेका लागि पुनः बैठक बस्न नसकेपछि शनिबारका लागि स्थगित भएको हो ।
माओवादी सांसदले तत्कालिन एमाले नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तलको हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद् बैठक अवरुद्ध गरेको थियो ।
सहमति हुन नसकेपछि बैठक शनिबार ४ बजे बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्