
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिनुभएको छ ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले भुटानी शरणार्थीको मुद्दा लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताउनु भएकाे हाे ।
उहाँले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह पनि गर्नुभयो । उहाँले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुन जरुरी रहेको बताउनु भयो । उहाँले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँलै घण्टी अराजकताको संकेत भएको बताउनु भयो । उहाँले आन्दोलनमा ठूलो भूमिका खेलको पार्टीहरुले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको जिकिर गर्नुभयो ।
पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्