
फाइल तस्बिर
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा र नखुवाउँदा अवसरवादीहरु बहुलाउन थालेकाे बताउनु भएकाे छ ।
आइतबार समाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै मन्त्री किराती आफुले घुस नखाँदा पनि आफूलाई मुछ्न खोजिएको बताउनु भएको हो ।
उहाँले स्टाटसमा आक्रोश व्यक्त गर्दै लेख्नु भएको छ , ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिनँ,’
पशुपतिको अचल सम्पत्तिको रूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाविक गर्न खोजिएको भन्दै टिप्पणी हुन थालेपछि उहाँले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्