
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ ।
आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । जेठ १५ गते (भोलि) सरकारले आगामी आर्थिक वर्षका बजेट संसदमा पेश गर्दैछ । अर्थमन्त्री महतले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताउनु भयो । बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने उहाँको भनाई थियो ।
कार्यान्वयनलाई नै महत्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने अर्थमन्त्री महतले बताउनु भयो । उहाँले बजेट जतिसुकै राम्रा भएपनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताउनु भयो ।
अर्थमन्त्री महतले बजेटलाई परिणाममुखि बनाउन पनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने स्मरण गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्