
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनुपर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग आगामी आर्थिक वर्षको बजेटका बारेमा प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले ल्याउने बजेट राम्रो हुने भएपनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै वर्तमान सरकारले कार्यान्वयन पक्षलाई जोड दिएर बजेट आउनुपर्ने बताउनुभयो ।
उहाँले सरकारले ल्याएको बजेट कार्यान्वयन नभए बजेट ल्याएको अर्थ नहुने बताउनुभयो । उहाँले सरकारले ल्याउने बजेटको मुख्य चुनौति भनेको कार्यान्वयनको रहेको बताउनुभयो ।
उहाँले सरकारले बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारको बजेट पनि कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिएर आउने अपेक्षा रहेको बताउनुभयो ।
उहाँले सरकारको पुँजीगत खर्च एकदमै कम रहेको भन्दै सरकारले कहिल्यै पनि शतप्रतिशत पुँजीगत खर्च गर्न नसकेको बताउनुभयो ।
उहाँले सरकारले बजेटमार्फत ल्याएका योजनाहरु ३ वर्षमा पूरा गर्ने भनेपनि ७ वर्षसम्म पनि पूरा हुन नसकेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार निर्माण समयमा सम्पन्न गर्ने र गुणस्तरमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्