१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चालु आर्थिक वर्षमा आर्थिक वृृद्धि २ प्रतिशतमा सीमित हुने अनुमान


130
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो दाबी गर्नुभएको हो ।

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको प्रभाव तथा थोक तथा खुद्रा व्यापार, निर्माण र उत्पादन मुलक उद्योगको उत्पादन लगायत समग्र आर्थिक क्रियाकलापमा संकुचनका कारण चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान रहेको बताउनुभयो । उहाँले वस्तु आयातमा भएको संकुचन तथा मागमा आएको कमीले स्रोत व्यवस्थापनमा समेत दवाव सिर्जना भएको बताउनुभयो ।

अर्थमन्त्री डा. महतले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै यस्तो अवस्था क्रमशः कम हुँदै गएको समेत बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य क्रमशः कम हुँने क्रमले निरन्तरता कायम रहे मूल्यमा परेको दवाव कम हुने अपेक्षा सरकारको रहेको बताउनुभयो ।

उहाँले गत आर्थिक वर्षमा आयात नियमन र नियन्त्रण नीतिको पुनरावलोकन र रेमिट्यान्समा भएको सुधारको फलस्वरुप बाह्य क्षेत्र सन्तुलनमा सुधार भएको बताउनुभयो । उहाँले मुलुकको शोधानान्तर स्थिति वचतमा रहेको भन्दै विदेशी मुद्रा सञ्चिती ९.४ प्रतिशत महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको दाबी गर्नुभयो ।

उहाँले पर्यटन आगमनमा पनि उल्लेखनीय वृद्धि भइ वित्तीय पुँहच बिस्तार भएको बताउनुभयो । अर्थमन्त्री डा. महतले कुुल जडित विद्युत क्षमता २६ सय ६६ मेगावाट पुगेसँगै विद्युत निर्यात हुन थालेको बताउनुभयो ।