
काठमाडौं । काठमाडौं जिल्ला अदालतले आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये तीन जनाको बयान लिएको छ ।
सन्दीप रायमाझी, टंककुमार गुरुङ र लक्ष्मी महर्जनसँग आइतबार बयान लिइएको हो ।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना आरोपितको बयान लिइएको थियो ।
बयानका लागि इन्द्रजित राई, टंककुमार र सन्दीपलाई उपस्थित गराएकोमा राईले आफू अस्वस्थ भएको भन्दै बयान दिन अस्वीकार गरेका थिए । उनको बयान यही जेठ १६ गते लिइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्