
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको संसदीय सुनुवाई प्रक्रिया अगाडि बढाउने भएको छ ।
आइतबार गठन भएको संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ८ बजेका लागि बोलाइएको छ ।
गत बैशाख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।
हाल कार्की कायममुकायम प्रधानन्यायाधीश छन् । प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ ।
यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सबै विषयगत समितिका सभापतिको निर्वाचन गर्न निर्देशन दिनुभएको छ । कार्यव्यवस्था परामर्श समितिको हिजोको बैठकमा सभामुख घिमिरेले सहमति भएमा सातदिनभित्र र नभएर प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको हो ।
उहाँले संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्