१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रास्वपाकी विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको सांसदको शपथग्रहण गरिन


377
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको सांसदको शपथग्रहण गर्नुभएको छ ।

सभामुख देवराज घिमिरेले सोमबार संसद सचिवालयमा आयोजित कार्यक्रममा समानुपातिक तर्फबाट निर्वाचित कंसाकारलाई सांसद पदको शपथग्रहण गराउनु भएको हो ।

रास्वपाका तत्कालीन सांसद ढाकाप्रसाद श्रेष्ठले आफू मन्त्री बन्न रास्वपाको कोर टिमलाई दिन भन्दै व्यापारी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई सांसद पदबाट हटाएर कारबाही गरेको थियो । रास्वपाले श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाएको हो ।