
काठमाडौं । सरकारले कुल पुँजीगत बजेटको न्यूनतम १ प्रतिशत रकम अनुसन्धान नवप्रवद्र्धन र आविष्कारमा खर्च गर्ने नीति लिने भएको छ ।
सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।
उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको बताउनुभयो । उहाँले कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गर्ने बताउनुभयो । उहाँले सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन, आविष्कार समेतका कार्यक्रमलाई यसमा आवद्ध गर्दै लगिने बताउनुभयो ।
उहाँले प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहीत गरिनेछ । नवप्रवर्तन, आविष्कार र अुनुसन्धानसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छुट्टै इकाइ स्थापना गरिने बताउनुभयो । उहाँले उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न काठमाडौंमा इनोभेसन सेन्टर स्थापना गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्