१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कृषि अनुदानको नारा : ‘उत्पादन साथमा, अनुदान हातमा’


377
Shares


काठमाडौं । सरकारले कृषि क्षेत्रमा दिँईदै आएको अनुदानलाई उत्पादनमा आधारित बनाउने भएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाईने अर्थमन्त्री महतले बताउनु भयो ।

उहाँले कृषि अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन महिना भित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । बजेटमा कृषि अनुदान सदुपयोग नभएको भन्ने आम गुनासोलाई सम्बोधन गर्न सो मापदण्ड बनाउने कार्यक्रम तय गरिएको पनि स्पष्ट पारिएको छ । बजेटमा कृषि उत्पादन वृद्धिमा जोड दिने पनि भनिएको छ ।