१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजेट चुरे दोहन गर्ने किसिमको भएकाले समर्थन गर्न सकिँदैन : प्रेम सुवाल


182
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकीपा)का सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताउनुभएको छ ।

उहाँले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बजेटमा मल खादको प्रत्याभुति नगरिएको बताउनुभयो । उहाँले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने बताउनुभयो ।

उहाँले सार्वजनिक संस्थाहरु कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको बताउनुभयो ।