१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एल सल्भाडोरका पूर्व राष्ट्रपतिलाई १४ वर्ष जेल सजाय


65
Shares

एजेन्सी । एल सल्भाडोरका पूर्व राष्ट्रपति माउरिसियो फ्युनेसलाई १४ वर्षको जेल सजाय सुनाइएकाे छ ।

त्यहाँको एक अदालतले दुइ आपाराधिक समुह मारा साल्बात्रुचा र बारियोसँग अबैध सम्बन्ध र साँठगाँठ गरेको आरोपमा फ्युनेसलाई दोषी ठहर गर्दै १४ बर्षको जेल सजाय तोकेको हो ।

एल सल्भाडोरमा सन् २००९ देखि सन् २०१४ सम्म राष्ट्रपति रहेका फ्युनेसले आपाराधिक समुहसँग सम्बन्ध राखेका कारण देशमा आतंककारी गतिबिधि बढ्नुका साथै उनीहरुसँग युद्धबिराम हुन नसकेको आरोप लगाइएको थियो ।

फ्युनेसले कैद सजाय भोगीरहेको आपाराधि समुहका ब्यक्तिहरुसँग समेत भेट गरी कैदको अवधि घटाएको आरोप समेत लागेको थियो ।

एल सल्भाडोरको सर्वोच्च अदालतले सन् २०१५ मा सो आपाराधिक समुहहरुलाई आतंकबादी संगठन भनेको थियो ।