
काठमाडौं । कैलालीमा मिटरब्याजीविरुद्ध दुई सय ४४ उजुरी परेका छन् ।
सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि २ सय ४४ जना मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।
उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरण लगायत मुद्दा प्रक्रिया अगाडि बढाइने भएको छ ।
मिटरब्याजी साहुहरुले दिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि तिर्न बाँकी देखाएर घर घडेरी नै हडपेको उजुरी पनि परेको जिल्ला प्रशासनले बताएको छ ।
सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानून बनाएर मिटरब्याजीविरुद्ध कारबाही थालेको हो ।
प्रतिक्रिया दिनुहोस्