
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड क्षमताको अस्पताल बनाउने प्रक्रियामा लागेको बताउनुभएको छ ।
मंगलबार राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रममा उहाँले राप्ती प्रादेशिक अस्पतालमा दाङका साथै कर्णाली प्रदेशका बिरामीहरू पनि यहाँ उपचार गर्न आउने भएकाले यसलाई सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभयो । यसका लागि आवश्यक पर्ने सबै कार्य गर्न आफू तयार रहेको मुख्यमन्त्री चौधरीले बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले स्वास्थ्य सेवालाई सामान्य नागरिकको पहुँचमा पु¥याउन प्रदेशका सबै अस्पतालको व्यवस्थापन गर्ने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्