१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्मचारी र सेवाग्रालाई पेस्तोल देखाएर महोत्तरीको एनएमबि बैंकबाट २५ लाख रुपैयाँ चोरी


1.911k
Shares

महोत्तरी। महोत्तरीमा एनएमबि बैंकको शाखाबाट अज्ञात समूहले बैंक लुटेका छन् ।

मंगलबार दिउँसो १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।

चार जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मास्क लगाएर बैंकमा प्रवेश गरेका लुटेराहरु बैंक लुटेपछि मोटरसाइकलबाट भागेका थिए ।

प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको जनाइएको छ ।