१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनले रुसी जनतालाई तर्साउन खोजेको रुसी राष्ट्रपति पुटिनको दाबी


429
Shares

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनले रुसलाई तर्साउन खोजेको दाबी गर्नुभएको छ ।

मंगलबार मस्कोमा भएको ड्रोन आक्रमणप्रति प्रतिक्रिया दिँदै पुटिनले रुसी जनतालाई निशाना बनाएर तर्साउन खोजेको आरोप लगाउनु भएको हो ।

रुसी टेलिभिजनमा बोल्दै उहाँले रुसी प्रतिरक्षा प्रणालीले युक्रेनी आक्रमणलाई निस्तेज (कमजाेर) बनाएको पनि बताउनुभयो । रुसी रक्षा मन्त्रालयले भने युक्रेन मस्कोमा निशाना बनाउँदै आठ वटा ड्रोन आक्रमण गरेको तर, त्यसबाट केही भवनमा सामान्य क्षति मात्रै भएको जनाएको छ ।

रुसी बिदेश मन्त्रायलये पश्चिमी राष्ट्रहरुको समर्थनमा युक्रेनी नेतृत्वले आतंककारी र आपाराधिक गतिविधि बढाएको आरोप लगाएको छ ।

युक्रेनले भने आफ्नोतर्फबाट मस्को लक्षित गरी कुनै पनि आक्रमण नगरेको दाबी गरेको छ ।

रुसले गत सोमबार रातीदेखि युक्रेनी राजधानी कीभमा पटक-पटक आक्रमण गर्दै आएको छ ।