
काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
साफ च्याम्पियनसिपको १४ औं संस्करण असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुँदैछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाउदैछन् ।
फिफाको प्रतिबन्धको कारण श्रीलंकाले यो संस्करण खेल्न पाउने छैन । कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेका हुन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपालसहित साबिक विजेता तथा आयोजक भारत, कुवेत र पाकिस्तान तथा समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
असार ६ मा हुने उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्